मुख्य समाचार राजनीति

नेकपाको सचिवालय बैठक स्थगित

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । 

 

 

केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजन टुँगो लगाउनको लागि सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो । 

 

 

शनिबार बसेको बैठकले नै नेताहरुको कार्यविभाजन गर्ने भनिएपनि थप छलफल आवश्यक रहेको भन्दै सोमबारका लागि सारिएको थियो । केन्द्रीय सदस्यको कार्यविभाजनको विषयमा सोमबार पनि नेताहरुबीच सहमति जुट्ने सम्भावना कम भएपछि बैठक स्थगित भएको प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

यस्तै ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यको कार्य विभाजनको गृहकार्य हुननसक्दा बैठक बस्न नसकेको र्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

 

 

केन्द्रीय सदस्यको कार्यविभाजन पछि मात्रै जनवर्गीय संगठनको एकिकरण प्रक्रियाको विषयमा प्रवेश गर्ने नेकपाले जनाएको छ । पार्टी एकता भएको ६ महिना वितिसक्दा पनि जिम्मेवारी नदिइएको भन्दै तल्लो तहका नेताहरुले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । पार्टीले गर्ने सबै निर्णय सचिवालय बैठकबाट मात्र हुने गरेको भन्दै तल्लो तहका नेता कार्यकर्ताले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् । 


केन्द्रीय केन्द्रीय सदस्यको कार्य विभाजन र प्रदेश कमिटी सदस्यको नाम सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठकबाट अनुमोदन हुनेछ ।

विशेष