राजनीति

सरकार सच्चिएर देशका पक्षमा काम गर्छ भने कांग्रेसले साथ दिन्छः महामन्त्री कोइराला 

सरकार सच्चिएर देशका पक्षमा काम गर्छ भने कांग्रेसले साथ दिन्छः महामन्त्री कोइराला 

दमक । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले संविधान कार्यान्वयन र जनमुखी कार्य गर्न नसकेको आरोप लगाएका छन् । 

 

 

उनले वर्तमान सरकार सच्चिएर देश र जनताका पक्षमा काम गर्छ भने त्यसमा काङ्ग्रेसले साथ र सहयोग गर्नेसमेत बताए ।

 

महामन्त्री कोइरालाले झापाको दमकमा सोमबार साँझ पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको नौ महिने कामबाट जनतामा आशाभन्दा निराशा छाएको बताए । 

 

उनले काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको छ भन्दै काङ्ग्रेस एक ढिक्का भए मात्र देश बलियो हुने बताए ।

 

महामन्त्री कोइरालाले काङ्ग्रेस व्यक्तिवादी गुटगत स्वार्थमा फसेको चर्चा गर्दै अब त्यसलाई चिरेर युवाहरु नेतृत्व तहमा स्थापित हुनुपर्ने बताए । 

नेपाली काँग्रेस डा. शशांक कोइराला

विशेष