मुख्य समाचार राजनीति

राष्ट्रपति, उपराष्ट्रपति जस्ता संस्था ‘विभत्स हत्याकाण्डका आकस्मिक उपज होइनन्’ : प्रधानमन्त्री ओली

राष्ट्रपति, उपराष्ट्रपति जस्ता संस्था ‘विभत्स हत्याकाण्डका आकस्मिक उपज होइनन्’ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको आलोचना गर्नेहरुमाथि आक्रोश व्यक्त गरेका छन् ।  


 

 

मंगलबार सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउन सकिन्छ कि भनेर गणतन्त्रका संस्थाहरुमाथि धावा बोल्न खोजिएको बताए । उनले भने, ‘उनीहरुले बुझ्नुपर्ने हो । राष्ट्रपति, उपराष्ट्रपति जस्ता संस्था ‘विभत्स हत्याकाण्डका आकस्मिक उपज होइनन् ।’


 

 

‘आफैं सक्रिय नहुने सम्मानित संस्थाहरुमाथि लगातारको सभ्यताहीन आक्रमण विरोधीहरुको असहिष्णुताको उपज हो । चरम असहिष्णुता र राजनीतिक सभ्यताको अभाव हो ।’

विरोधका लागि विरोध गर्ने, हिंसात्मक विचार र व्यवहारको वकालत गर्ने उच्छृङ्खल तत्वहरु, राष्ट्रिय एकता कमजोर बनाउन तत्वहरुको क्रियाकलाप्रति सरकार सजग रहेको उनले बताए ।

 

 

लोकतन्त्र मास्न सकिन्छ कि भन्ने प्रयास विभिन्न कुनामा भइरहेको संकेत पाएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म भन्न चाहन्छु, यस्तो प्रयासहरु नगर्दा राम्रो ।’ लोकतन्त्र नेपाली जनताले लडेर ल्याएको हो यसको रक्षा पनि नेपाली जनताले गर्नै भन्दै उनले ‘लोकतान्त्र विरोधी क्रियाकलापहरु बन्द गर्दा राम्रो’ भनेका छन् ।


नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई सारेर राष्ट्रपति कार्यालय विस्तार गर्न लागेको र समाज कल्याण परिषद भवनमा उपराष्ट्रपति कार्यालय राख्न सरकारले निर्णय गरेको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको छ 

 

 

यस्तै उनले मुलुक अघि बढेको बुझनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भने मुलुक सुशासन  र विकासको बाटोमा बढेको बुझनुपर्ने बतााए ।  ‘हरेक दिन नेपाल हरेक क्षेत्रमा अगाडि’ भन्ने नारा अनुरुप अघि बढेको बताए । 
उनले मुलुकमा जनताको सरकार बनेको भन्दै अब कसैले भोकै मर्नु नपर्ने बताए । 

विशेष