मुख्य समाचार राजनीति

राजपा सरकारमा जाने कुनै सम्भावना छैन :राजेन्द्र महतो 

राजपा सरकारमा जाने कुनै सम्भावना छैन :राजेन्द्र महतो 

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।

 

 

राजपा संयोजक राजेन्द्र महतोले सरकारमा जाने पार्टीको कुनै सोच नरहेको बताएका हुन् । बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरु कुरा गर्दै महताले सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने छिट्टै निर्णय लिइने बताए ।

 

 

महतोले आफूलाई संयोजक बनाएको विषयमा पार्टीमा कुनै विवाद नभएको दाबी गरे । तर, महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाउने निर्णयमा असहमति जनाएका अनिल झा नआएपछि शुक्रबार बोलाइएको बैठक समेत बस्न सकेन ।

 

 

संयोजक महतोले नेता ठाकुर उपचार गरेर भारतबाट फर्केपछि बस्ने बैठकले पार्टीको महाधिवेशनको तयारीको कामलाई तीव्रता दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने आवश्यक निर्णय लिने स्पष्ट पारे ।

विशेष