मुख्य समाचार राजनीति

जलवायुको एजेन्डा देखाएर सरकारले क्रिश्यिन धर्मको सम्मेलन ग¥यो : अध्यक्ष राणा 

जलवायुको एजेन्डा देखाएर सरकारले क्रिश्यिन धर्मको सम्मेलन ग¥यो : अध्यक्ष राणा 

काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले  नेपाल सरकारको प्रत्यक्ष तथा परोक्ष संरक्षण तथा सहभागितामा भएको एसिया प्यासिफिक समिटको आवरणमा काठमाडौंमा हुदैं गरेको क्रिश्चियन धर्म सम्मेलन प्रति राप्रपाको गम्भिर ध्यानकर्षण भएको बताएका छन् ।

 

 

 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष राणाले अनेक आवरणमा काठमाडौंमा जारी क्रिश्चियन धर्म सम्मेलनप्रति राप्रपा (प्रजातान्त्रिक) को गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले जलवायु परिवर्तनको एजेण्डा देखाएर सरकारले क्रिश्चियनको सम्मेलन गरेको अरोप लगाएका छन् ।
’ परिवर्तन भनिएपनि यसको सार पक्ष नेपालमा क्रिश्चियन धर्मको विस्तार एवं सम्र्वद्धन गर्ने रहेको तथ्य दिनको घाम जत्तिकै प्रष्ट भएको, उनले विज्ञप्तिमा जनाएका छन् ।

 

 

 

विज्ञप्तिमा अघि भनिएको छ, ‘दश वर्षे सशस्त्र द्वन्द्वको घाउका खाटा बसिनसकेको अवस्थामा वर्तमान कम्युनिष्ट सरकार देशलाई पुनः अर्को दीर्घकालीन धार्मिक एवं साँस्कृतिक द्धन्द्धको कहाली लाग्दो सुरुङ तर्फ धकेल्न उद्यत् रहेको र एशिया प्यासिफिक समिट यसैको सजीव उदाहरण रहेको हाम्रो पार्टीको ठम्याइ छ ।’

 

विशेष