मुख्य समाचार राजनीति

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ ।

 

 

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो । 

 

 

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेतृ  सुकी बिहीबार बिहान काठमाडौँ  आइपुगेकी हुन् ।  सो सम्मेलन आगामी शनिबार आयोजना हुँदैछ । 
 

विशेष