राजनीति

पार्टीको एकताको कारण मुलुकमा राजनीतिक परिवर्तन आएको होः दाहाल

पार्टीको एकताको कारण मुलुकमा राजनीतिक परिवर्तन आएको होः दाहाल

काठमाडौं । रुपन्देहीको बुटवलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार आयोजना गरेको शुभकामना सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष  पुष्पकमल दाहालले, 'हामी दुवै पार्टीको समर्पणका कारण पार्टी एकता भयो र मुलुकमा राजनीतिक परिवर्तन आएको हो । त्यसकारण अब हामी साथ मिलेर देश विकास तिर लाग्ने कुरा बताए ।'

 

अध्यक्ष दाहालले, 'विकास गर्ने क्रममा दश बर्षभित्र नेपाल दक्षिण एशियाको सम्पन्न राष्ट्र बनाउने  दाबी समेत गरेका छन् । अब यो सरकारले मात्र मुलुकमा विकास र समृद्धि ल्याउने दाबी गरे ।'

 

स्वास्थ्यका कारण उपस्थित हुन नसकेको अध्यक्ष केपी शर्मा ओली र आफ्नो समेत प्रशंसा गर्दै दाहालले भने, ‘मुलुकलाई पछाडि धकेल्न चाहनेहरुले जति षड्यन्त्र गरेपनि विकास र समृद्धि नरोकिने दाबी गर्दै उनले भने 'अब विकास कसैले रोकेर रोकिँदैन । तपाईले हेर्दाहेर्दै रेल गुड्छन् । नेपाल एशियाकै सम्पन्न राष्ट्र बन्छ ।’

 

त्यसैगरी, अध्यक्ष दाहालले, 'केही समयभित्र तल्लो तहसम्मै पार्टी एकता हुने पनि बताए । विवादको कारण नभई भविष्य हेरेर गृहकार्य गर्दा केही ढिलाई भएको उनको भनाइ थियो ।'


त्यस्तै कार्यक्रममा पार्टी महासचिव बिष्णु पौडेलले सरकारको बचाउ गर्दै भने, 'अहिल्यै सरकारको मुल्याङकन गर्ने बेला भएको छैन् । सरकारलाई असफल हुने छूट पनि छैन् ।'

 

सभामा प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेता छवीलाल बिश्वकर्मा लगायतले पनि शुभकामना सन्देश राखेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष  पुष्पकमल दाहाल

विशेष