मुख्य समाचार राजनीति

नेता रावल भन्छन्, ‘निर्मलाका बलात्कारीलाई सार्वजनिक गरेरै छोड्छौं’

नेता रावल भन्छन्, ‘निर्मलाका बलात्कारीलाई सार्वजनिक गरेरै छोड्छौं’

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले कञ्चनपुर भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा कुनै हालतमा उन्मुक्ति नपाउने बताएका छन् । 

 

 

नेपाल राष्ट्रिय शिक्षक संगठनले तिहारको अवसरमा धनगढीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

 

 

पूर्व गृहमन्त्रीसमेत रहेका रावलले निर्मलाको हत्यारा संलग्न व्यक्तिको खोजीका लागि सरकार गम्भीर भएर लागेको बताए। जुन सुकै निकायको व्यक्ति भए पनि सार्वजनिक गरेर नै छोड्ने उनले दावी गरे। 

 


यस्तै अर्को प्रशंगमा नेता रावलले कैलालीको गोदावरी क्षेत्र बुट्यान भएको क्षेत्र भएकाले एक रुख नकाटेरै राजधानी बनाइने उनले बताए। प्रदेश सरकारले प्रदेश राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरेको छ। राजधानीको विषयलाई लिएर यहाँ आन्दोलन समेत भएको थियो।

 

 

तराईमा हजारौं सरकारी विघा जमिन कब्जा गरिहरको अवस्थामा बाघको बाटोमा राजधानी, बाढी, पहिरो जान्छ भन्ने कुरा सबै अफाह फैलाउने काम भएको नेता रावलको भनाई छ।ुसीमाको सुरक्षा, भौगोलिक दृष्टिकोण प्रदेश सरकारकाले उपयुक्त ठाउँमा राजधानी तोकेको उनको जिकिर छ।
 

निर्मला पन्त भीम रावल कञ्चननपुर

विशेष