कर्णाली प्रदेशः मुख्यमन्त्रीको तलब ६० हजार

सुर्खेत । कर्णाली प्रदेशले मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यको पारिश्रमिक र सेवासुविधाको टुंगो लगाएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकले पारिश्रमिकको टुंगो लागेको हो ।
प्रदेशसभाका सदस्यहरुको सेवासुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
विधेयक पारित भएसँगै अब मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० रुपैयाँ र मन्त्रीहरुको ५२ हजार रुपैयाँ हुनेछ । विधेयकमा मुख्यमन्त्री र मन्त्रीहरुले आवश्यकता अनुसार एकजना विषयगत सल्लाहकार राख्न पाउनेछन् ।
यस्तै प्रदेशसभाका सभामुखको मासिक पारिश्रमिक ५३ हजार, उपसभामुखको ५० हजार तोकिएको छ । यस्तै प्रदेशसभा सदस्यहरुको ४४ हजार, दलका प्रमुख सचेकको ४८ हजार र विपक्षी दलका नेताको ५० हजार तोकिएको छ ।
कर्णाली प्रदेश सुर्खेत