मुख्य समाचार राजनीति

रारा भ्रमणमा गएको मेयरको टोलीबीच रक्सी खाएर झडप, मेयरको टाउकोमा ५ टाँका

रारा भ्रमणमा गएको मेयरको टोलीबीच रक्सी खाएर झडप, मेयरको टाउकोमा ५ टाँका

स्याङ्जा । जिल्लाको चापाकोट नगरपालिकाका प्रमुख शिव गिरीको टोलीले कालीकोटमा मदिरा सेवन गरी झगडा गर्दा मेयरसहित केही घाइते भएका छन् । 

 

 

सरकारी खर्चमा ३० जनाको टोली रारा भ्रमणमा गरेर फर्किने बेला रक्सी खाएर झगडा हुँदा मेयरसहित केही व्यक्ती घाइते भएका हुन् । 

 

 

शनिबार बेलुका रारा ताल पुगेर फर्किएपछि कालीकोटको स्थानीय एक होटलमा झगडा हुँदा मेयर गिरीको टाउकोमा चोट लागेको छ । कालीकोट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । 

 

 

अहिले मेयर गिरीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रजिअ कार्कीले बताए । मेयरको टाउकोमा ५ वटा टाँका लगाइएको छ । यस्तै गिरीका स्वकिय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका लगाइएको बताइएको छ । 

 

 

यसरी नै नगर प्रहरी इन्र्चाज शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइएको कार्यपालिकाका एक सदस्यले जानकारी दिए ।

 

 

प्रजिअ कार्कीका अनुसार भक्तपुर जिल्लाबाट रारा भ्रमण आएको टोली र चापाकोट नगरपालिकाको टोली एउटै होटलमा बास बसेका थिए । च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशव्द बोल्दै झगडा भएपछि कुटपिट भएको उनले बताए ।
 

स्याङ्जा शिव गिरी

विशेष