मुख्य समाचार राजनीति

वरिष्ठ वामपन्थी नेता तुलाधरको निधन

वरिष्ठ वामपन्थी नेता तुलाधरको निधन

काठमाडौं । वरिष्ठ वामपन्थी नेता एवं मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको हो ।

 

 

स्वास्थ्यमा समस्या आएपछि तुलाधरलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । 

 

 

चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो । पारिवारिक स्रोतका अनुसार तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको छ ।

पद्मरत्न तुलाधर नर्भिक अस्पताल

विशेष