राजनीति

योग्यता र क्षमताका आधारमा स्थानीय तहको एकीकरण गर्ने तयारीमा नेकपा

योग्यता र क्षमताका आधारमा स्थानीय तहको एकीकरण गर्ने तयारीमा नेकपा

काठमाडौंं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ । 

 

प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जानकारी दिए । उनका अनुसार रसुवा र सिन्धुलीका स्थानीय तहको एकता प्रक्रिया सकिएको छ । नगर÷ गाउँमा संगठन कमिटीको गठन गरिएको छ । 

 

प्रदेशअन्तर्गत रहेका अन्य जिल्लामा रहेका स्थानीय तहको एकतालाई समेत मङ्सिर १५ गतेभित्र सक्नेगरी सम्बन्धित जिल्ला कमिटीलाई निर्देशनसमेत दिइएको सचिव पोखरेलले जानकारी दिए । प्रदेश नं ३ मा १३ जिल्ला कमिटी र चार विशेष कमिटी छन् । 

 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असोज ५ गते विशेष परिपत्र जारी गर्दै प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दै पार्टीको विधान, नियमावली र निर्देशनको मार्गदर्शन एवं विगतको सिफारिशका आधारमा आफ्नो मातहतका जिल्ला कमिटी एकीकरण सम्पन्न गर्नुपर्ने जिम्मा दिएका थिए । 

 

सचिव पोखरेलले परिपत्रानुसार पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने एवं प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेजस्ता कार्यक्रम भइरहेको बताए । 

प्रदेश नं ३ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणकाे तयारी

विशेष