मुख्य समाचार राजनीति

पूर्वमन्त्री बलायरको आरोप– नेकपाका कार्यक्रता नै निर्मलाका हत्यारा हुन्

पूर्वमन्त्री  बलायरको आरोप– नेकपाका कार्यक्रता नै निर्मलाका हत्यारा हुन्

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बीरबहादुर बलायरले नेपाल कम्यनिस्ट पार्टी (नेकपा) कार्यक्रताले नै कञ्चनपरकी बालिका निर्मला पन्तको हत्यार गरेको गम्भीर आरोप लगाएका छन् ।

 

 

नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ ले दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री बलायरले यस्तो आरोप लगाएका हुन् ।

 

 


उनले निर्मलाका हत्यारा नेकपाका कार्यकर्ता भएकाले नै कारवाही हुन नसकेको आरोप लगाए । उनले भने, ‘हत्यारा पत्ता लगाउन १२ बर्ष पनि लाग्न सक्छ भन्नुको आशय भनेकै यही हो ।’ सुदूरपश्चिम प्रदेश सरकार निर्मला पन्तको हत्यारा पत्ता लगाउने बिषयमा गम्भीर नभएकोसमेत नेता बलायरले आरोप लगाए ।

 

 

 

उनले भने, ‘एउटा छोरीको बलात्कारपछि हत्या हुन्छ सरकार अपराधी पक्राउ गर्नुको साटो संरक्षण गर्न जुटेको छ ।’ पूर्व भौतिक तथा पूर्वाधार मन्त्रीसमेत रहेका बलायरले देशमा कम्युनिष्टको सरकार आएपछि देश महंगीमा डुबेको आरोप लगाए ।

 


साथै, उनले कम्युनिस्टको सरकार पाँच बर्ष नटिक्नेसमेत बताए । उनले दुई तिहाइको सरकारका गतिविधीका कारण जनताहरु सडकमा आएर सरकार ढल्ने बताए । उनले नेकपाका जनप्रतिनिधी भ्रष्टाचारबाट मुक्त हुन नसकेको बताए । 

नेपाली काँग्रेस पूर्वमन्त्री बीरबहादुर बलायर

विशेष