मुख्य समाचार राजनीति

राष्ट्रपतिद्वारा तुलाधरको निधनप्रति दुःख व्यक्त

राष्ट्रपतिद्वारा तुलाधरको निधनप्रति दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूराना वामपन्थी नेता एवं मानअधिकारवादी पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । 

 

 

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गगरिन् । साथै, राष्ट्रपति भण्डारीले शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् । 

 

 

 

मानवअधिकारवादी अभियन्ता तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो। उनको सोमबार दिउँसो शोभा भगवतीमा गरिने भएको छ।

 

 

आइतबार नर्भिक अस्पतालमा निधन भएका तुलाधरको शवलाई श्रद्धाञ्जलिका लागि बिहान ८ बजेदेखि १२स्३० बजेसम्म लैनचौरस्थित निवासमै राखिनेछ।

 

 

१२स्३० पछि काठमाडौंका विभिन्‍न क्षेत्र ठाउँमा शवयात्रा गर्दै दिव्यश्वरी घाट शोभा भगवतीमा अन्त्यष्टि गरिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारी पद्मरत्न तुलाधर

विशेष