मुख्य समाचार राजनीति

नेकपा महासचिव भन्छन्, ‘सरकारले राम्रा काम गरेको छ’

नेकपा महासचिव भन्छन्, ‘सरकारले राम्रा काम गरेको छ’

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपालको कम्युनिस्टहरुको एकता दूरगामी महत्वको घटना भएको बताएका छन् ।

 

 

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० काभ्रेपलाञ्चोक जिल्ला कमिटीले मंगलबार बनेपामा आयोजना गरिएको शुभकामना आदान÷प्रदान तथा चियापान कार्यक्रममा उनले पूर्वनेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता नेपालका कम्युनिस्ट आन्दोलनप्रति जानकारी तथा रुचि राख्ने संसारका प्रगतिवादी देशले जिज्ञासा राख्ने गरेको उल्लेख गरे ।

 

 

मंसिर महीनाभित्रमा सबै तहका पार्टी सङ्गठन एकता गरिसकिने उनले बताए । पार्टीका नेता कार्यकर्तालाई उपयुक्त जिम्मेवारी दिएर एकता हुने उनको भनाइ थियो ।

 

 

पार्टीको केन्द्रीय योजनाअनुसार कामकार्वाही गर्न सबै नेता तथा कार्यकर्तालाई महासचिव पौडेलले निर्देशनसमेत दिए ।

 

 

उनले सरकारको कामको नराम्रो टिप्पणीको पछि नलाग्न आग्रह गर्दै सरकारले राम्रो काम गरेको र राम्रो नतिजा दिने ठोकुवा गरे । 

विष्णु पौडेल नेपाल कम्युनिस्ट पार्टी

विशेष