राजनीति

देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गर्दै

देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी गरेका छन्।

 


सभापति देउवाले मंगलबार बस्ने केन्द्रीय समिति बैठकबाट नै गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारी गरेका हुन् ।

 

 

बैठकले ५ देखि ९ मंसिरसम्म तोकिएको महासमिति समयभित्र गर्न नसकिने भएपछि नयाँ मितिसमेत तय गर्ने भएको छ।

 

 

स्रोतका अनुसार सभापति देउवाले आइतबार साँझ नै पार्टीका शीर्ष नेतालाई फोन गरेर गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारीमा आफू रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए। 

 

 

देउवालाई सबैजसो शीर्ष नेताले सहयोग गर्ने आश्वासनसमेत दिएका छन्। तर, विधानमा हाल कायम रहेको व्यवस्थाअनुसार भने गच्छदारलाई उपसभापति बनाउन मिल्दैन।

 

 

कांग्रेसको हालको विधानमा पार्टीको पदाधिकारी हुनका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ। तर, गच्छदार विशेष आमन्त्रित केन्द्रीय सदस्य हुन् ।

 

 

उनलाई उपसभापति बनाउँदा सभापति देउवाले शीर्ष नेतालाई बाधा अड्काउ फुकाउ गरेर मात्र बनाइने बताएका छन्।

 

 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वसहमतिअनुसार पनि नेता गच्छदारलाई व्यवस्थापन गर्ने पक्षमा आफ्नो असहमति नरहने प्रस्ट पारे। राजधानी दैनिकबाट 

सभापति शेरबहादुर देउवा विजयकुमार गच्छदार

विशेष