राजनीति

मंगलबार कांग्रेसको कार्यसमिति बैठक बस्दै

मंगलबार कांग्रेसको कार्यसमिति बैठक बस्दै

काठमाडौं । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

 

 

मंगलबारको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने  सम्भावना रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

 

 

विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै महासमिति बैठक मङ्सिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको उनले बताए । कांग्रेसको महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको थियो ।

 

 

साथै, बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुने बताइएको छ ।

 

 

कांग्रेसले संविधानको सङ्घीय संरचनाअनुसार पार्टीको संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

 

 

उनका अनुसार बैठकमा भातृसंस्था नेपाल विद्यार्थी सङ्घको महाधिवेशनको मितिको बारेमा समेत छलफल हुनेछ ।

 

 

नेविसङ्घको दुईवर्षे कार्यकाल समाप्त भएर थप गरिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि त्यसबारेमा पार्टीमा छलफल हुन लागेको हो ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक

विशेष