मुख्य समाचार राजनीति

अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्चः मन्त्री ज्ञवाली

अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्चः मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च भएको बताएका छन् । 

 

 

 

दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं महानगरपालिका– २८ कमिटीले मंगलबार अनामनगरमा आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री ज्ञवालीले कतिपय मुलुकले नेपालको शान्ति प्रक्रियाका अनुभवलाई पछ्याउन थालेको बताए । 

 

 

उनले संयुक्त राष्ट्रसंघको ७३औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियाको सफलता र नयाँ संविधानको प्रगतिशील व्यवस्थाबारे सम्बोधन गरिरहँदा विश्व जगत्ले चनाखो भएर सुनेको उल्लेख गर्दै नेपालको छवि विगतको तुलनामा उच्च भएको बताए । 

 

 


दक्षिण सुडान, अफगानिस्तान र म्यानमालगायत मुलुकका उच्चस्तरीय प्रतिनिधि नेपाल आएर यहाँको शान्ति प्रक्रियाबारे अध्ययन गरेर गएको भन्दै उनले पछिल्लो समयमा नेपालले छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सन्तुलितरूपमा सुधार गरेको बताए । 

 

 

संघीय संरचना भर्खरै बनेकाले सरकारले छोटो समयमा जनताका सबै अपेक्षा पूरा गर्न नसकेको मन्त्री ज्ञवालीको भनार्इ थियो । उनले समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर काम भइरहेको बताए । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल कम्युनिस्ट पार्टी

विशेष