राजनीति

महिला, बालिकामाथि बलात्कार, हत्या, हिंसा हुन नदिन कठोर नीति बनाइने : मुख्यमन्त्री पौडेल

महिला, बालिकामाथि बलात्कार, हत्या, हिंसा हुन नदिन कठोर नीति बनाइने : मुख्यमन्त्री पौडेल

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले, 'प्रदेश ३ का महिला, बालिकामाथि बलात्कार, हत्या, हिंसा हुन नदिन कठोर नीति लिने योजना बनाइ अगाडि बढ्ने बताए । पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार पनि हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।'

 

मुख्यमन्त्री पौडेलले, 'भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शुन्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे । प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरे ।'

 

प्रदेश ३ को आवधिक योजना आधार पत्र तर्जुमा सम्बन्धि गोष्ठीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले, 'प्रदेश सरकारले पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताए । उनले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गर्न लागिएको पनि जानकारी दिए ।' 

 

कार्यक्रममा बोल्दै प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको जानकारी दिए । उनले प्रदेश ३ को विकासको मुख्य आधारको रुपमा प्राकृतिक स्रोत, साधन रहेको पनि स्मरण गराए ।

 

कार्यक्रममा विज्ञहरुले प्रदेश ३ को विकासका लागि जलविद्युत क्षेत्रको विकासमा विशेष जोड दिन पनि सुझाव दिइएको थियो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल

विशेष