मुख्य समाचार राजनीति

वामदेव भन्छन्, ‘नेकपामा अराजक तत्व घुसेको छ’

वामदेव भन्छन्, ‘नेकपामा अराजक तत्व घुसेको छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले पार्टीमा अराजक भीडसमेत पसेको खुलासा गरेका छन् ।

 

 

रिपोटर्स क्लबले आयोजना गरेको देउसीभैलो कार्यक्रममा बोल्दै उनले यस्तो खुलासा गरेका हुन् । नेता गौतमले पार्टीमा अराजक भिड पनि रहेकाले सबै कुरा मिलाउन समस्या भइरहेको बताए ।

 

 

उनले भने, ‘पार्टीमा अराजक तत्व घुसेका छन्, केन्द्रीय कमिटिका सदस्यहरुले काठमाडौं सातका एकजना माननिय सदस्यले मलाई उठाउने हो भने म जिताउन पनि सक्छु, स्वइच्छाले राजानीनामा दिन तयार छु भनेर निवेदन दिएको कुरालाई राजीनामा दियो वामदेवले पैसा खर्च गरेर किन्यो कुराहरु गरे । यति मात्रै होइन कि भारतीय एजेन्ट बनेर लागेको रैछ भन्ने जस्ता प्रचारप्रसार भए ।’

 

 

वामदेवले फेरि अगाडि थपे, ‘केही सचिवालय सदस्यले पनि माथिको आरोप लगाए, केन्द्रीय कमिटि सदस्य र स्थायी कमिटिका सदस्यले पनि त्यस्तै भने । यो सबै देखिसकेपछि यो कम्युनिस्ट पार्टीमा सच्चा मनले लागेका मानिसहरु मात्रै छैनन्, अराजक भिड पनि पसकेको छ भन्ने त्योले बताउँछ ।’

 

 

अराजक तत्व जबसम्म पार्टीमा रहन्छन् तबसम्म साच्चिँकै पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्न नसक्ने नेता गौतमको भनाई छ । अर्को प्रशंगमा पूर्व मन्त्रीसमेत रहेका गौतमले आफूले निर्वाचनमा गरेका वाचा जसरी नि पूरा गरेर छोड्ने दाबी गरे ।

 

 

उनले आफू संसदमा नभए पनि गैरसरकारी क्षेत्रबाट भएपनि चुनावमा गरिएका आश्वासन पूरा गर्ने बताए ।नेता गौतमले भने,‘मेरो संयोजनमा नै घोषणा पत्र जारी गरिएको हो । मैले ति घोषणा पत्रमा उल्लेख गरिएका कुरा पूरा गर्न निरन्तर काम गरिरहेको छु ।’

नेपाल कम्युनिस्ट पार्टी वामदेव गौतम

विशेष