विचित्र विश्व

मुसाको डरले बिरालो भाग्यो ! (भिडियोसहित)

मुसाको डरले बिरालो भाग्यो ! (भिडियोसहित)

एजेन्सी । मुसालाई बिरालाले लखेट्नु त सामान्य घटना नै हो । लखेटीलखेटी बिरालोले मुसालाई आफ्नो सिकार बनाउँछ । तर के मुसाले बिरालो लखेटेको देख्नुभएको छ ?

 


हो यस्तै एउटा भिडियो सार्वजनिक भएको छ । युरोपेली देश लक्जमबर्गमा मोबाइलबाट खिचिएको एउटा भिडियोमा सडकमा मुसा देखेपछि बिरालो नजिकै जान्छ ।

 

 

मुसाले आफ्नो नजिकै आएको बिरालोलाई लखेट्न थाल्छ । बिरालो बिस्तारै बिस्तारै भाग्न थाल्छ । आफ्नो सिकार गर्न आएको बिरालोलाई मुसाले लखेट्यो ।

https://youtu.be/Cc-gx1bS8yM

मुसा बिरालो

विशेष