मानवीय संवेदनालाई किन बनायो सिस्नोपानीले मजाक ?
काठमाडौं । सिस्नोपानी नेपालले प्रत्येक वर्ष कुकुरतिहारको दिन ‘सिस्नोपानी देउसी’को आयोजना गर्दै आएको छ । देउसी भैलीको मौलिकतामा बेथिति र विकृतिलाई व्यंग्य गर्न सिस्नोपानीका कलाकारहरु माहिर नै छन् । नेताहरुलाई नै बोलाएर उनीहरुलाई नै सिस्नोपानी लगाउने भनेर पनि यो कार्यक्रम लोकप्रिय पनि छ ।
तर यसपटक तीन कलाकारहरुको संयुक्त प्रहसनले केही त्यस्ता विषय पनि उठायो जुन मानवीय संवेदनासँग सम्बन्धित छ ।
कलाकार मनोज गजुरेल, सीताराम कट्टेल ‘धुर्मुस’ र दमन रुपाखेतीको फलाँस प्रहसनमा केही त्यस्तै विषयहरु परेका छन् जुन धेरैलाई स्वभाविक लागेन । प्रहसमा प्रचण्ड -मनोज गजुरेल_, केपी ओली -धुर्मुस_ र शेरबहादुर देउवा -दमन रुपाखेती_ले तास खेल्न शुरु गर्छन् ।
प्रहसनकै क्रममा केपी ओली बनेका धुर्मुसले ‘स्वर्ग जाने हो कि नर्क <’ भन्दा ओली पत्नी राधीका शाक्य गम्भीर देखिन्थिन् । शारीरिक अवस्थाबारे व्यंग्य नगरेको भए हुने थियो भन्नेहरु पनि भेटिए । सञ्चारकर्मी रोहण श्रेष्ठ भन्छन्, ‘अँ, यस्तो विषयहरु चाहिँ नराखेको भए हुन्थ्यो होला ।’
फलासमा पैसा चल्ने बेला आउँछ । प्रचण्ड बनेका मनोज गजुरेलले १७ हजार ब्लाइन्ड रकम चल्छन् । यो १७ हजारको अर्थ जनयुद्धमा ज्यान गुमाएका ती सोझा नेपालीहरु हुन् जसका परिवार आज पनि उनीहरुलाई सम्झेर रुन्छन् ।
हृदय छुने त्यस्तो विषयलाई पनि व्यंग्यको मसला बनाइयो ।
अन्य प्रशंगमा भने सदाको झै सिस्नोपानी नेपालको देउसी भैलो राम्रो मानियो । यसपटक केपी ओली र प्रचण्ड भने उपस्थित भएनन् ।