राजनीति

भक्तपुरलाई विश्वविद्यालय सञ्चालनको स्वीकृति दिए नमूना बनाउँछुः अध्यक्ष बिजुक्छे

भक्तपुरलाई विश्वविद्यालय सञ्चालनको स्वीकृति दिए नमूना बनाउँछुः अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिलाई कसैले पनि ख्यालठट्टाको विषय बनाउन नहुने बताएका छन् ।

 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १७औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजको १०औँ वार्षिकोत्सव एवं दुईदिने शैक्षिक प्रर्दशनीमा बोल्दै उनले यस्तो बताएका हुन् । 

 

अध्यक्ष बिजुक्छेले नेमकिपाले आफ्नो सिद्धान्त र सङ्घर्षलाई नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

 

युवापुस्ता राजनीतिमा नआए देश खतरामा पुग्ने चर्चा गर्दै उनले युवापुस्तामा पलाएको राजनीतिक वितृष्णालाई हटाएर राजनीतिमा ल्याउन सरकारले राम्रो काम गर्नुपर्ने बताए ।

 

अध्यक्ष बिजुक्छेले नाफा र कमिशनका लागि मात्रै विश्वविद्यालय र कलेजहरू सञ्चालन गर्नु गलत भएको बताउँदै भक्तपुर नगरपालिकालाई विश्व विद्यालय सञ्चालनको स्वीकृति दिए नमूना बनाएर देखाउने दाबी गरे । 

 

कार्यक्रममा नेमकिपाका नेता एवं सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजमा देशभरिका विद्यार्थीले कम शुल्कमा गुणस्तरीय शिक्षा लिएको चर्चा गर्दै विश्वविद्यालय माग गर्दा सरकारले नदिएको गुनासो गरे । 

 

प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईंले प्रदेश सरकारले काम गर्न नसकेको र काम नपाएको सन्दर्भ कोट्याउँदै प्रदेश सरकारको अस्तित्व राजनीतिक बुख्याँचाको रुपमा रहेको टिप्पणी गरे ।

 

अर्का सांसद सिर्जना सैंजुले महिलाले पद पाउँदैमा समानता आउँछ भन्ने भ्रमलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 
 

भक्तपुर नारायणमान बिजुक्छे

विशेष