राजनीति

प्रचण्ड र नेता सिटौला सिक्लेसमा, शान्तिस्तम्भ उद्घाटन गर्ने

प्रचण्ड र नेता सिटौला सिक्लेसमा, शान्तिस्तम्भ उद्घाटन गर्ने

काठमाडौं । नेकपा अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका नेता कृष्णप्रसदा सिटौंला कास्की जिल्लाको सिक्लेस पुगेका छन् ।

 

शान्ति प्रक्रियाको प्रारम्भिक विन्दुका रुपमा रहेको सिक्लेसमा शान्ति स्तम्भ उद्घाटनको लागि प्रचण्ड र नेता सिटौंला सोमबार सिक्लेस पुगेका हुन् । 

सिक्लेस नेकपा अध्यक्ष प्रचण्ड सार्वजनिक भएको स्थान हो । २०६३ असार २ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सिक्लसबाट प्रचण्डलाई काठमाडौं ल्याएका थिए ।

 

मादि गाउँपालिकाले शान्ति स्तम्भ बनाउँनका लागि चालू आर्थिक वर्षमा दस लाख रुपैया विनियोजन गरेको छ । 

सिक्लेस जाने क्रममा प्रचण्डले मादी गाउँपालिका र पोखरा महानगरपालिका जोड्न  विजयपूल खोलामा बन्न लागेको पूलको शिलान्यास पनि गरे ।

विशेष