मुख्य समाचार देश

 प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको नेतृत्व लिन नसके अरु प्रहरी अधिकृतहरु सक्षम छन् : प्रमिला कुमारी 

 प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको नेतृत्व लिन नसके अरु प्रहरी अधिकृतहरु सक्षम छन् : प्रमिला कुमारी 

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरिएको छ । राजीनामा माग गर्नेमा सत्तारुढ दल संघीय समाजवादी फोरम रहेको छ । 


सोमबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिले मुलुकको सुशासनको अवस्था कमजोर हुँदै गइरहेको अवस्थाबारे छलफल गर्न प्रहरी महानिरीक्षक खनाललाई बोलाएको थियो। 

 

समितिको बैठकमा फोरम नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्ड भएको यति लामो समय भइसक्दा पनि दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै महानिरीक्षक खनालको राजीनमा माग गरेकी 
हुन् । 

उनले प्रहरी महानिरीक्षक खनालमा हत्याकाण्डका दोषीलाई पक्राउ गर्ने आँट नभएको भन्दै  खनाल महानिरीक्षिक पदमा रहिरहन नमिल्ने बताईन् ।  
सो हत्याकाण्डको अनुसन्धानको क्रममा निर्दोषलाई पक्राउ गरी यातना दिने काम भएको भन्दै सांसद कुमारीले उक्त कार्य अविलम्ब बन्द गर्न प्रहरी महानिरीक्षक खनालको ध्यानकर्षण गराईन् । 

प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको नेतृत्व लिन नसके अरु प्रहरी अधिकृतहरु सक्षम रहेको उनको भनाई थियो । 

सांसदहरुको जवाफ दिने क्रममा आइजीपी खनालले प्रहरीले आफ्नो सामर्थ्यले भ्यायेसम्मको अनुसन्धान गरिरहेको दाबी गरे । 

आइजीपी खनालले हत्यारा पत्ता लगाउन आफूहरु रातदिन खटिएको र निन्द्रासमेत नलाग्ने अवस्था रहेको बताए । ‘हत्यारा पत्ता लगाउन रातदिन खटिएका छौं, जसका कारण निन्द्रापनि नलाग्ने अवस्था छ’ आइजीपी खनालले भने,‘हाम्रो साथ्र्यले जति सकिन्छ त्यति गरिरहेका र्छौं ।’
 

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई सरकारले अझै पक्राउ गर्न नसकेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ।

विशेष