राजनीति

सीपी गजुरेलको अरोप  : प्रधानमन्त्री तानशाही र प्रतिपक्षी कांग्रेस रुजेको बिरालो जस्तो भयो 

सीपी गजुरेलको अरोप  : प्रधानमन्त्री तानशाही र प्रतिपक्षी कांग्रेस रुजेको बिरालो जस्तो भयो 

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही भएको  आरोप लगाएका छन् । 

 

 

प्रधानमन्त्री ओलीमा दुई तिहाईको सरकारको दम्भ भएको भन्दै उनले भने ,  ‘ओली तानाशाही र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस रुजेको बिरालो जस्तो भयो ।’

 

 

कांग्रेस प्रतिपक्षको भूमिकामा नदेखिएको भन्दै भअध्यक्ष गजुरेलले कम्युनिस्टको दुई तिहाई बहुमत देशका लागि अभिशाप सावित भएको दाबी गरेका छन् ।

 

 

ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था नरहेको भन्दै उनले अब आन्दोलन गर्नुको विकल्प नभएको समेत बताए । उनले भने,  ‘यो सब हुँदाहुँदै पनि यो सरकार ढल्नेवाला छैन । संविधानमै यस्तै ब्यवस्था छ ।’
 

विशेष