कांगेस निर्वाचनमा पराजित हुनाले संविधान पूर्णरुपले कार्यान्वयन हुन सकेन
काठमाडौं । नेपाली कांग्रेसले संविधान अझसम्मपनि पूर्णरुपले कार्यान्वयन हुन नसकेको बताएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार प्रस्तुत भएको राजनीतिक प्रस्ताव मस्यौदाका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले उक्त कुरा बताएका हुन् । घुमाउरो पाराले कांग्रेसले आफनो सरकार नबन्दा संविधान कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ ।
राजनीतिक प्रस्ताव मस्यौदामा भनिएको छ, संविधान जारीभएपछिको पहिलो निर्वाचनमा नेपाली जनताको अपेक्षित मत नेपाली कांग्रेसले प्राप्त गर्न सकेन । फलस्वरुप संविधान अझसम्मपनि पूर्णरुपले कार्यान्वयन हुन सकेको छैन । संविधानप्रति केही असन्तुष्टि जनाउदै अवरोध उत्पन्न गरी स्थानीय निर्वाचन वहिष्कार गर्ने दलहरु नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपश्चात प्रादेशिक र संघीय निर्वाचनमा सहभागी भएको सर्वविदित छ । निर्वाचनपछि बनेको नेकपाको सरकारले उनीहरु आफैले जनाएको प्रतिबद्धता समेत उपेक्षा गरी संविधानको अक्षर र भावना विपरित निर्मम र निरङकुश ढंगले अघि बढेको छ । यसले गर्दा जनताले लोकतन्त्र, संघीयता र गणतन्त्रको अनुभूतिगर्न पाइरहेका छैनन् । संविधानको प्रतिफल आमनागरिकसम्म पुग्न सकेको छैन ।
अघि भनिएको छ, अहिलेसम्म लोकतन्त्र, संघीयता र गणतन्त्रको कार्यान्वयन, मौलिक अधिकारको उपभोग, सुरक्षा संयन्त्र र प्रशासनिक संरचना निमार्ण, संघ—प्रदेशको अधिकारको बाँडफाँड, अन्तरप्रादेशिक सम्बन्ध, सामाजिकन्याय, स्थानीय तह र प्रदेशको सुदृढीकरण एवं क्षमताअभिबृद्धि लगायत कयाँै महत्वपूर्ण र संवेदनशील विषयहरुमा कानुन निर्माण समेत भएको छैन । नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गरेको यो सरकार संसदमा दुईतिहाई मत हासिलगर्न सफल भएपनि संघीयता र गणतन्त्रप्रति सवल निष्ठा प्रकट भएको छैन । नेपाली जनताले संघ, प्रदेश कतैवाट पनि समुचित न्यायपाएका छैनन् । नेपाली कांग्रेस यो अवस्थाप्रति निरपेक्ष रहनसक्दैन र संघीयताको मान्यताअनुरुप आम नागरिकको तहसंम अधिकारसम्पन्न तुल्याउन दृढतापूर्वक लाग्नेमा यो महासमिति वैठक प्रतिबद्धता व्यक्त गर्दछ ।
राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिद्वारा केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिएको थियो ।