राजनीति

६ वर्षपछि कांग्रेस महासमिति बैठक बस्दै

६ वर्षपछि कांग्रेस महासमिति बैठक बस्दै

काठमाडौं । कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि आज (शनिबार) सुरु हुँदै छ । 

 

यसअघि ०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि बैठक हुन लागेको हो ।  

 

नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्वपूर्ण मानिन्छ । 

 

महासमितिलाई महाधिवेशनपछि पार्टीको ठूलो फोरमका रूपमा लिइन्छ । महासमितिले विधान संशोधनलाई दुईतिहाइले पास गर्नेदेखि पार्टीको भावी राजनीतिक दिशा तय गर्नेछ । 

 

स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनमा पराजय व्यहोरेपछि हुन लागेकाले यो महासमिति बैठकलाई कांग्रेस वृत्तले महत्वसाथ हेरेको छ ।

 

 पार्टीलाई राजनीतिक उचाई दिने गरी नीति, कार्यक्रम र संगठन बनाउनुपर्ने दबाब बैठकमा उठ्ने नेताहरूले बताएका छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

काँग्रेस कांग्रेस महासमिति बैठक

विशेष