मुख्य समाचार राजनीति

स्वर्णिम वाग्ले र विनोद चौधरी महासमिति सदस्य मनोनित 

स्वर्णिम वाग्ले र विनोद चौधरी महासमिति सदस्य मनोनित 

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले र सांसद विनोद चौधरीलाई पार्टीको महासमिति सदस्य मनोनित गरेको छ ।

 

महासमिति बैठकमा सहभागी हुन सभापतिले दश जना मनोनित गर्न पाउने कांग्रेसको विधानअनुसार सभापति शेरबहादुर देउवाले वाग्ले र चौधरीलाई मनोनित गरेका हुन् । 

महासमिति बैठकमा सहभागी हुन सभापतिले दश जना मनोनित गर्न पाउने कांग्रेसको विधानअनुसार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका गोरखाका स्वर्णिम वाग्ले पनि महासमिति सदस्य मनोनित भएका छन्।

यस्तै सभापति देउवाले पर्साका अनिलकुमार रुंगटा, सर्लाहीका शम्भुलाल श्रेष्ठ र दीपक अधिकारीलाई पनि महासमिति सदस्यमा मनोनित गरेको छ । उनीहरुलाई मंसिर २८ गते महासमिति सदस्य मनोनित गरेको कांग्रेसले जनाएको छ । देउवाले यसअघि पाँच जनालाई महासमिति सदस्य मनोनित ‍गरेका थिए।


हाल काठमाडौंमा जारी महासमिति बैठकमा उनीहरु सहभागी भएका छन् ।


 

विशेष