राजनीति

सांसद योगेश भट्टरार्इद्धारा घरभाडावापतको रकम फिर्ता गरे घरभाडा

सांसद योगेश भट्टरार्इद्धारा घरभाडावापतको रकम फिर्ता गरे घरभाडा

काठमाडौं । सांसद योगेश भट्टरार्इले संसदबाट घरभाडास्वरुप बुझेको रकम फिर्ता गरेका छन् । उनले संसदबाट घरभाडास्वरुप बुझेको ९० हजार रुपैयाँ  फिर्ता गरेका हुन् । नेता भट्टरार्इले फिर्ता गरेको रकम २०७४ फागुनदेखि २०७५ मंसिरसम्मको घरभाडा बराबरको रकम हो ।

 

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद भट्टरार्इले संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा आफूले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको र सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घरभाडा लिनेको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आफैं आश्चर्यमा परेको बताएका छन् ।

साथै उनले अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुनगएकोमा दुःख पनि व्यक्त गरेका छन् । 

 

विज्ञप्तिमा भनिएको छ, ‘घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु.९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।’ 

केही दिन अघि पत्रपत्रिकामा काठमाडौंमा घर हुने सांसदहरुले पनि घरभाडाको रकम बुझेको समाचार प्रकाशित भएको थियो । 
  

विशेष