एक वर्षभित्र मुक्तकमैयाको व्यवस्थापन हुन्छः मन्त्री अर्याल
बाँके । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले अबको एक वर्षभित्रमा मुक्तकमैयाको व्यवस्थापन गर्ने बताएकी छन् ।
भूमि समस्यासँग सम्बन्धित बर्दियाका सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उनले भने, “ शक्तिशाली आयोग गठन गरी एक वर्षभित्रमा मुक्तकमैयाको समस्या समाधान गर्छौं ।”
मन्त्री अर्यालले अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने र खण्डीकृत जग्गालाई एकीकृत गरी भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने बताए ।
आगामी वर्षदेखि मुक्तकमैया पुनःस्थापनाको समस्या लिएर मन्त्रीसमक्ष आउनु पर्दैन भन्दै उनले मुक्त कमैयाको समस्यालाई पूर्णरुपमा समाधान गर्ने बताए ।
मन्त्री अर्यालले मुक्तकमैयाको समस्या समाधान यसै वर्ष हुनुपर्छ, यसका लागि आवश्यक सबै संयन्त्र प्रयोग गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए ।
अहिलेसम्म बर्दियामा १० हजार ७९७ घरपरिवार मुक्तकमैयाले परिचयपत्र पाएका छन् । तीमध्ये १० हजार ७१४ घरपरिवार मुक्तकमैया पुनःस्थापित भएका छन् ।
पुनःस्थापित हुन नसकेका ८३ घरपरिवारमध्ये ७० घरपरिवार सम्पर्कमा नआएको र १३ घरपरिवार पुनःस्थापना हुने क्रममा रहेको भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाले जनाएको छ ।
मुक्तकमैया मन्त्री पद्ममा अर्याल