पूर्वमन्त्री रानालाई पितृशोक
रामपुर । पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई पितृशोक परेको छ ।
पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा नेकपा एमालेका प्रदेश नं ५ का सहइन्चार्जसमेत रहेका रानाका पिता रुकबहादुर रानाको ९२ वर्षको उमेरमा शनिबार बिहान काठमाडौँमा निधन भएको हो ।
मुटुसम्बन्धी समस्याका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रानाका पाँच छोरामध्ये सांसद राना माइला छोरा हुन् । रामपुर नगरपालिका–१ पाल्पाका राना परिवार काठमाडौँमा बस्दै आएका थिए ।