मुख्य समाचार देश

मेलम्चीका इटालियन ठेकदार र कर्मचारी पक्राउ, पासपोर्ट जफत 

मेलम्चीका इटालियन ठेकदार र कर्मचारी पक्राउ, पासपोर्ट जफत 

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका ८ जना कर्मचारी भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

आयोजनाको काम बीचमै छाडेर नेपालबाट बाहिरिन खोज्ने  इटालियन ठेकदार तथा कर्मचारीहरुलाई  महानगरीय अपराध महाशाखा टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई खानेपानी र गृह मन्त्रालयको सहयोगमा नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।  

परियोजना व्यवस्थापक र कर्मचारीलाई नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाइएको र मन्त्रालयले नै कारवाही प्रक्रिया अगाडि बढाएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । प्रहरीले पक्राउ परेकाहरुको पासपोर्ट समेत जफत गरेको छ । 

 आइतबार राती मेलम्ची आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित आठ जनालाई प्रहरीले ठमेलबाट नियन्त्रणमा लिएको थियो । उनीहरु आइतबार राती नै कतार एयरमार्फत् जानकारी बिना नै भाग्न खोजेको प्रहरीले बताएको छ । 


सन् २००१ मा सुरू भएको मेलम्ची परियोजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन ।

विशेष