मुख्य समाचार राजनीति

  नेकपा बैठक : सरकार र सचिवालयको आलोचना 

  नेकपा बैठक : सरकार र सचिवालयको आलोचना 

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा स्थायी कमिटीका सदस्यहरुले अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओल तथा  पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमले पेश गरेको दस्तावेजमाथि आफ्नो धारणा राखेका थिए । 


धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टी सञ्चालन र सरकारका कामकारवाहीका विषयमा चर्को आलोचना गरेका थिए । 

बैठकमा आफ्नो धारणा राख्दै नेता गौतमले आफ्नो प्रतिवेदन पुरक र फरक दस्तावेज नभइ सहयोगी दस्तावेज भएको बताएका थिए । 

धारणा राख्ने अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टी सञ्चालन र सरकारका कामकारवाहीका विषयमा चर्को आलोचना गरेका थिए ।

नेता हरिबोल गजुरेलले भने फरक ढंगले प्रस्तुत हुदै  ओली–प्रचण्डलाई विशेष अधिकार दिनुपर्ने बताएका छन् । बैठकमा उनले लिखित दस्तावेज प्रस्तुत गर्दै भने ,पार्टी सञ्चालन र सरकार सञ्चालन बारे आफ्नो धारणा राखेका छन् ।  

उनले भने, ‘नेकपालाई जनमतले रुपमा बलियो देखाए पनि त्यसभित्र व्याप्त चर्को गुटबन्दी र अराजकताका कारण सारमा खोक्रो बनाइरहेको थियो । एकातिर विभाजित कम्युनिस्ट आन्दोलनको फाइदा उठाउँदै निर्वाचनमा हावी हुँदै आएका अन्य पार्टीहरुलाई साइजमा राखेर संविधान कार्यान्वयनको आवश्यकता र अर्कोतिर विघटनको संघारमा पुगेका दुवै पार्टीलाई उक्त दलदलबाट निकाल्नुपर्ने बाध्यता, जसका लागि एकताबाहेक अरु कुनै सकारात्मक विकल्पको सम्भावना थिएन । त्यसैले कमरेड प्रचण्ड र कमरेड केपी ओलीलेसमयको माग र आवश्यकतालाई पूरा गर्न वाम गठबन्धन मात्र होइन, साहसपूर्वक जोखिम मोलेर पार्टी एकतासमेत पूरा गरी महान काम सम्पन्न गर्नुभएको छ । ’

नेता गजुरेलले अघि भने,  ‘अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डका कमीकमजोरीहरु खोतल्दै जाने हो भने लामो फेहरिस्त तयार हुन सक्छ  । हामी सबैका कमजोरीहरु खोतल्दै जाने हो भने पनि लामै फेहरिस्त हुन सक्छ । मुख्य कुरा, राजनीतिलाई सही दिशातिर नेतृत्वले लान सक्यो कि सकेन भन्ने हो । संकटबाट आन्दोलनलाई बचाएर वर्तमान बहससम्म पुर्‍याउने दुवै मुख्य नेताको सकारात्मक पक्ष नै प्रधान हो । योभन्दा अलग ढंगले बहस चलाइयो भने पार्टी सही निष्कर्षसम्म पुग्न सक्दैन । यसर्थ यो प्रस्तावका सकारात्मक पक्षलाई समर्थन एवम् यसमा रहेका कमजोरी र अपुग पक्षलाई परिमार्जन गर्दै अगाडि बढ्नु नै यतिखेरको आवश्यकता हो । ’


बैठकपछि स्थायी कमिटी सदस्य योगेश भट्टराईले दुई तिहाइ नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरे । ‘सरकारका काम कारवाही त्यति प्रभावकारी छैनन्, केही राम्रो काम गरेको छ तर कतिपय निर्णयहरु गर्दा पार्टीमा कुनै छलफल भएन ।’

अर्का नेता घनश्याम भुसालले बैठक पछि कुरा गर्दै भने ,प्रदेश कमिटीहरुमा आफ्ना मान्छे खोजिखोजी राख्ने काम भएको भन्दै पार्टीको सचिवालय असफल भएको बताए ।


बैठकमा वामदेव गौतम, अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल र शक्ति बस्नेतले आफ्नो धारणा राखेका थिए ।


विहान ११ पार्टी प्रवक्ता नारयणकाजी श्रेष्ठले बैठक मंगलबार विहान ८ बजे बस्नेगरि सकिएको जानकारी दिए ।  

विशेष