मुख्य समाचार राजनीति

नेता गौतमको प्रस्तावमा अध्यक्ष ओली रुष्ट, पार्टीभित्र फाटो ल्याउने षड्यन्त्र गरेको विश्लेषण

नेता गौतमको प्रस्तावमा अध्यक्ष ओली रुष्ट, पार्टीभित्र फाटो ल्याउने षड्यन्त्र गरेको विश्लेषण

काठमाडौं । नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारीसहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाई मात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् । 

उनले पार्टीभित्र फाटो ल्याउने षड्यन्त्रस्वरुप यस्तो प्रस्ताव आएको हुन सक्ने विश्लेषण आफू निकटसँग गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गौतमलाई उल्लेख नगरी दुई अध्यक्ष मिलेर पार्टी चलाएको विषय मन नपरेर झगडा लगाउन खोजिएको उल्लेख गरेको आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

'दुई अध्यक्ष मिलेर पार्टी चलाउँदा सबै आश्चार्यमा परेका छन्', तत्कालीन एमाले र माओवादीनिकट कानुन व्यवसायीको संगठन एकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, 'लगडाइँ झगडा लगाउन सकिन्छ कि ? कुर्सी अलिअलि पर सार्न सकिन्छ कि ? त्यो प्रयास भएको छ । 

विशेष