मुख्य समाचार राजनीति

नेकपाको स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

नेकपाको स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सोमबार बस्दैछ। सोमबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

 

सोमबारको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको साझा प्रतिवेदनका बारेमा छलफल गर्ने तयारी रहेको नेता देव गुरुङले जानकारी दिए । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

 

अध्यक्षद्वयको साझा दस्तावेजमाथि नेता वामदेव गौतमले फरक मत राखेपछि केही विवाद सुरु भएको थियो। गौतमले एक पद एक जिम्वारीसहित पार्टीको नेतृत्व अध्यक्ष दाहाललाई मात्रै दिनुपर्ने खालको प्रस्ताव ल्याएका थिए। उक्त प्रस्तावपछि अध्यक्ष ओलीले आफू निकटसँग पार्टीभित्र फाटो ल्याउन षड्यन्त्रस्वरूप प्रस्ताव ल्याएको विश्लेषण गरेका थिए। उनले दुई अध्यक्ष मिलेर पार्टी चलाउँदा असह्य भएको र झगडा लगान खोजेको टिप्पणी गरेका थिए। 

 

सो विषयमा पनि आजको बैठकमा छलफल गर्ने तयारी रहेको नेता गुरुङले बताए। केन्द्रीय कमिटीमा ७७ जना थप गरेर ५११ सदस्यीय बनाउनुपर्ने नेता गौतमको माग अर्को माग छ। तत्कालीन एमाले र एकीकृत माओवादीबीच जेठ ३ गते एकता भएपछि ४४१ सदस्यीय जम्बो केन्द्रीय कमिटी बनेको छ । त्यस्तै नेता गौतमले ७७ जना महिला नै थप गर्नुपर्ने पनि उनले माग गरेका छन्। 
 

KP Sharma Oli puspa kamal dahal prachanda Bandev Gutam

विशेष