मुख्य समाचार राजनीति

नेता गौतमको आक्रोश : दुईतिहाई छँदै छ, संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्

अध्यक्षको रबैयाप्रति आक्रोशैआक्रोश

नेता गौतमको आक्रोश : दुईतिहाई छँदै छ, संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्

काठमाडौं । प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ? दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौं, तर संविधानले दिँदैन, भन्दै मलाई मजाकमा उडाउने ? दुईतिहाई छँदै छ, संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्, मेरो सर्मथन छ । 

 

तपाईहरुलाई लडाउन कोही लागेको छैन, तपाईहरुको मायाप्रति मेरो समर्थन छ । तपाईहरुलाई लडाउन कोही लागेको छैन, तर मेरो चरित्र हत्या किन गर्नुखोज्नु हुन्छ ?

 

बरु राजनीति नै छोडाउन खोज्दै हुनुहुन्थ्यो, सकेको अझै गर्नुस्, मैले जानेको राजनीति म गरौँला । तर, पार्टीमा स्वेच्छाचारी, व्यक्तिवादी शैली मनपरीतन्त्र अब चल्दैन, स्वीकार गरिँदैन ।, आजको नयाँ पत्रिकाले उनको भनाइ जस्ताको तस्तै पहिलो पृष्ठमा छापेको छ । 

 

ओलीमाथि चर्को आक्रोश शीर्षकमा कान्तिपर दैनिकले पनि पहिलो पृष्ठमा खबर छापेको छ । नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको पार्टी र सरकार सञ्चालन कार्यशैलीमाथि व्यापक प्रश्न उठेको छ । यही शैलीले सरकार पार्टी सञ्चालन भइरहे जनताले विश्वास गरेर दिएको ऐतिहासिक अवसर गुम्ने चेतावनी नेताहरूले दिएका छन् ।

 

पार्टी एकतापछि पहिलपटक राजनीतिक र संगठनकी विषयमा छलफल गर्न सुरु सदस्यहरूले आक्रोशैआक्रोश पोखेका छन् । अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन आफ्ना गल्ती ढाकछोप गर्ने प्रयोवनले मात्रै आएको र यथार्थमा आधारित नभएको उनीहरुको आरोप रहेको कान्तिपुर दैनिकले खबर छापेको छ । 
 

KP Sharma Oli Bamdev Gauta

विशेष