राजनीति

स्थायी समिति बैठकः बादललाई घन्टी बजाउने जिम्मा !

स्थायी समिति बैठकः बादललाई घन्टी बजाउने जिम्मा !

काठमाडौं । नेकपाको स्थायी समिति बैठकको सूरुवात अध्यक्ष केपी ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरेका छन् । 

 

बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ लाई भने घन्टी बजाउने जिम्मेवारी दिइएको छ । 

 

व्यवस्थित बैठक सञ्चालनका क्रममा पौडेलले प्रतिवेदनमाथि सुझाब राख्ने नेताहरुको रोलक्रमअनुसार नाम बोलाउने र धारणा राख्ने नेताहरुको समय सकिएपछि बादले घन्ट बजाउने जिम्मा पाएका हुन् । 

 

‘प्रत्येक नेतालाई २० मिनेटसम्म बोल्ने समय दिइएकाले बादलजीले हरेकको पालामा १५ मिनेट सकिएपछि पहिलो जनाउ घन्टी र २० मिनेट सकिएपछि समपान घन्टी बजाउनुभयो ।’ स्थायी समितिका एक सदस्यले भने । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

स्थायी समिति बैठक रामबहादुर थापा ‘बादल’

विशेष