प्रहरीको अवरोधका बीच निर्मलाका लागि न्याय माग्दै प्रदर्शन
काठमाडौं । निर्मला पन्तको लागि न्यायको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । प्रहरीको अवरोधबीच प्रदर्शनकारीहरु माइतीघर मण्डलामा भेला भएर नाराबाजी गरेका हुन् । प्रदर्शनकारीहरुले सरकार भेटियो न्याय भेटिएन, लेखिएका ब्यानर र पम्प्लेटहरू बोकेका छन्।
प्रदर्शनकारीहरू माइतिघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका छन्। कार्यक्रम जस्टिस फर निर्मला अभियानले गरेको हो।
राजधानीमा एसिया प्यासिफिक समिट भइरहेको कारण देखाएर माइतिघरमा कार्यक्रममा गर्न प्रहरीले अवरोध गरेको थियो।
प्रदर्शनमा नयाँ शक्ति पार्टीको तर्फबाट मानुसी यामी भट्टराई तथा विबेकशिल साझाको तर्फबाट उज्वल थापा, रन्जु दर्शना लगायत विभिन्न व्यक्ति सहभागी थिए ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना पूरा भए पनि सरकारले दोषी पहिचान गरी पक्राउ गर्न सकेको छैन ।