मुख्य समाचार देश

काठमाडौंको पाकेटमार गिरोह पक्राउ, पाकेटमार्दा कोड भाषाको प्रयोग ‘ बिरालोलाई – सेतो भ्यान ’

काठमाडौंको पाकेटमार गिरोह पक्राउ, पाकेटमार्दा कोड भाषाको प्रयोग ‘ बिरालोलाई – सेतो भ्यान ’

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात तथा उपत्यकाको विभिन्न क्षेत्रमा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ८१ जनालाई पक्राउ गरेको छ  । महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर १५ गतेबाट सुरु गरेको पकेटमारविरुद्धको अपरेसनका क्रममा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो ।

 

काठमाडौंको विभिन्न क्षेत्रमा लुटपाट गर्ने तथा विशेष गरी सार्वजनिक यातायातमा पकेटमार्ने र सयौं भन्दा बढी यात्रुलाई ठगेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए । 

उपत्यकामा चोरी र लुटपाटमा संलग्न उक्त गिरोहले २–२ जनाको दरले ६ जनाको समूह बनाई सार्वजनिक बसहरुमा यात्रारत यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।

 

त्यस्तै प्रहरीले पक्राउ पर्नेहरुबाट बरामद गरिएको ५ लाख ९६ हजार पीडितलाई आवश्यकता र व्यवहारिकताको आधारमा फिर्ता गरिसकेको छ । बरामद भएको १ लाख ६० हजार ७०० रुपैयाँ चोरीमा मुद्दा चलाई अदालतमा प्रमाणित गरी फिर्ता गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ । 
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड,  ५ थान ल्यापटप, सुनचाँदीका गहना, नक्कली पेस्तोल, चक्कुलगायतका सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ । 

पहिलोपटक पकेट मार्नेलाई १ महिना जेल र सोही बराबर बिगो, दोस्रोपटक पकेट मारेको भेटिएमा २ महिना जेल र सोही बराबर बिगो कार्वाही हुने प्रहरीले जनाएको छ 

 

काठमाडौंका गोंगबु, बालाजु, महाराजगन्ज, धापासी, भद्रकाली चोक, बौद्ध, कपन, जोरपाटी, बानेश्वरलगायतका क्षेत्रमा पकेटमार समूह नै बनाएर उनीहरु सक्रिय हुँदै आएको प्रहरीले बताएको छ ।

 

प्रहरीका अनुसार उक्त गिरोहले पकेटमार्दा सांकेतिक भाषा प्रयोग गर्ने गरेको पाइएको छ । 


कोर्ड भाषा    :  अर्थ 
टिनुवा – पाकेटमार
खडी – लुटपाट
घोप्टे – खुकुरी
चिसो – छुरी – चक्कू
धुब्रदाई – पैसावाला मानिस
कान – मोवाईल
दस्ती तोड – रुपैया निकाल
दह – रुपैया निकाल
थान – रु १००० को नोट
गज – रु १०० को नोट
सेतो आधा – रु ५००को नोट
टिप्ली मास्टर – पाकेटमारको मेन मानिस
ढेक – पाकेटमार्दा छेकछाक गर्ने मानिस
ठुला – सादा पोशाकको प्रहरी
लाटा – युनिर्फमको प्रहरी
मानबेचे – प्रहरी भ्यान
डे – केरकारको प्रहरी
टिप – मुद्रा पैसा खसाली टिप्न भनि अरुको खल्तीबाट निकाल्ने
निलचरी – आर्मी / सशस्त्र प्रहरी /पुलिस
बिरालो – सेतो भ्यान

 


 

विशेष