यि मन्त्री किन यस्ती ? राजीनामा दिइसकेका कर्मचारीलाई पनि मन्त्रालयमै बोलाएर हप्काउँछिन्
काठमाडौं । विभागीय मन्त्रीको दबाब थेग्न नसकेपछि राजीनामा दिएर हिँडेका भक्तपुर मालपोत कार्यालयका प्रमुख चन्द्रमणि अर्याललाई भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गत बुधबार मन्त्रालमै बोलाएर हप्कीदप्की गरिकी छन् । अख्तियार अनुसन्धान आयोगले सरकारी भनेको साबिकको दुवाकोट को ८ 'क' कित्ता नम्बर ४३१ को जग्गा व्यक्तिका नाममा दर्ता गर्ने दबाब थेग्न नसकेपछि मालपोत प्रमुख अर्यालले राजीनामा दिएका थिए ।
उनले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएकै दिन उनलाई मन्त्रालय बोलाइर हप्काएको मन्त्रालय स्रोतले बतायो । मन्त्रालयमा बोलाएर उनलाई आफूमाथि मन्त्रीको कुने दबाब नभएको र राजीखुसी राजीनामा दिएको वक्तव्य निकाल्न लगाएको बुझिएको छ । उनले त्यसै दिन सचिवलाई सम्बोधन गरेर एउटा पत्र लखेका थिए । उक्त पत्रका भनिएको छ, 'समाचारमा भनिएको जग्गा तथा अन्य विषयको कुनै पनि सन्दर्भमा मन्त्रालय वा मन्त्रीज्यूबाट मलाई मौखिक, लिखत वा सांकेतिक कुने प्रकारको दबाब वा सिफारिस नआएको व्यहोरा अनुरोध गर्दछु ।' यहि समाचारलाई लिएर मन्त्री अर्यालको तर्फबाट पनि उनको सचिवालयले खण्डन प्रकाशित गरेको छ ।
यो खबर बुधबार साप्ताहिकबाट लिइएको हो ।