नेकपाको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक करिब ३ घण्टा बसेर स्थगित भएको छ । गत शनिवारदेखि शुरु भएको नेकपाको बुधबारको बैठक बिहान करिब साढे आठ बजे सुरु भएको थियो ।
बैठकमा दुई अध्यक्षका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र सचिवालय सदस्य वामदेव गौतमले पेश गरेको फरक प्रस्ताव माथि ८ जना स्थायी कमिटीका सदस्यहरुले आफ्नो विचार राखेको महासचिव विष्णु पौडेलले जानकारी दिए।
बैठकमा देवप्रसाद गुरुङ, लेखराज भट्ट, वर्षमान पुन, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, , सुरेन्द्र पाण्डे र पुष्प कँडेलले धारणा राखे।
स्थायी कमिटीका २६ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो विचार राखेका छन्। नेकपाको ४५ सदस्यीय स्थायी कमिटी रहेको छ।
बैठक बिहीबार बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुनः बस्ने छ।