१२ सांसदले फिर्ता गरे घर भाडा
काठमाडौं । राजधानीमा घर हुँदाहुँदै संसद् सचिवालयबाट भाडा बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् ।
संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ, दलबहादुर राना छन् ।
काठमाडौंमा घर हुने सांसदले भाडा लिएको समाचार आएपछि कांग्रेसका नारायण खड्का, कर्मा घले, उमेश श्रेष्ठ, बहादुरसिंह तामाङ, भीमसेनदास प्रधान, दिव्यमणि राजभण्डारीले यसअघि नै फिर्ता गरिसकेका छन् ।
नेकपाका यज्ञबहादुर सुनुवार, योगेश भट्टराई र कांग्रेसका अमरेशकुमार सिंहले आफूले लिएको भाडा तलबबाट कट्टा गर्न सचिवालयलाई पत्र बुझाएका छन् ।
उनीहरू सबैले सचिवालयको गल्तीले घर भाडा आफ्नो बैंक खातामा आएको दाबी गरेका छन् । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
घर भाडा सांसद