समाज देश

निजी स्कुल नाफामुक्त बनाउन आयोगको सुझाव

निजी स्कुल नाफामुक्त बनाउन आयोगको सुझाव

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई आगामी ७ वर्षभित्र गैरनाफामूलक सार्वजनिक विद्यालयमा रूपान्तरण गर्ने नीति अख्तियार गर्न सरकारलाई सुझाव दिएको छ ।
 

आयोगले कम्पनी मोडेलमा चलेका नाफामूलक निजी विद्यालयलाई सार्वजनिक गुठीमा बदल्ने नीति अपनाउनुपर्ने औँल्याएको हो । निजी र सामुदायिक गुठीमा सञ्चालित विद्यालयहरूले स्थानीय सरकारले तोकेको शुल्क, शिक्षक तलब सुविधा, भौतिक पूर्वाधार र छात्रवृत्ति लागू गर्नुपर्ने सुझाव आयोगले दिएको छ ।
 

यस्ता विद्यालयले सरकारले तोकेअनुसार वार्षिक लेखा परीक्षण गरेर पारदर्शी हुनुपर्ने, आर्थिक कारोबार बैंकबाट मात्र गर्नुपर्ने, एउटै पाठ्यक्रम लागू गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । आयोगले शिक्षाको २५ वर्षे दूरदृष्टिसहित राष्ट्रिय उद्देश्यसमेत तय गरेको छ । यो खरब आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
 

विद्यालय

विशेष