राजनीति

अपाङग संघद्धारा कांग्रेस केन्द्रीय कार्यालयमा घेराउ

अपाङग संघद्धारा कांग्रेस केन्द्रीय कार्यालयमा घेराउ

काठमाडौं ।  नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपाङग संघले पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको छ । 

 

 

नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपाङग  संघका नेता, कार्यकर्ताले आईतबार बिहान पार्टी विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदाप्रति आपत्ति जनाउँदै पार्टीको सबै तहमा आफूहरुको प्रतिनिधित्व सुुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएका हुन् ।

 

 

त्यस क्रममा उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै आफूहरुको प्रतिनिधित्व पार्टीका सबै निकायमा हुने व्यवस्था विधानमै गर्न माग गरेका थिए । 

 

 

संघले पार्टी केन्द्रिय कार्यालयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापालगायतका नेताहरुलाई पनि पार्टीको सबै निकायमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका थिए । 

संवैधानिक व्यवस्था अनुसार पनि पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिनु परेको संघका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिए । 

 

 

 

पार्टी केन्द्रिय कार्यालयमा जारी कांग्रेस केन्द्रिय कार्य समिति बैठकमा विधान मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ । संघले सोही बैठक चलिरहेका बेला आफूहरुको माग सम्बोधन गराउन पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको हो । 

माग पूरा नभए आमरण अनसन बस्न बाध्य हुने पनि संघले चेतावनी दिएको छ । संवैधानिक व्यवस्था अनुसार पार्टीको सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित नगरे आमरण अनसन बस्न बाध्य हुने संघका अध्यक्ष श्रेष्ठले चेतावनी दिए । 
 

विशेष