मुख्य समाचार समाज

निर्मला हत्या प्रकरणः बर्खास्त दुई अधिकारी विष्ट र भट्टले पुनवर्हालीको माग गर्दै निवेदन दिए

निर्मला हत्या प्रकरणः बर्खास्त दुई अधिकारी विष्ट र भट्टले पुनवर्हालीको माग गर्दै निवेदन दिए

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धानमा लापरबाही गरेको आरोपमा प्रहरी सेवाबाट बर्खास्त गरिएका दुई अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन दिएका छन् ।

 

 

तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्टले जागिरमा पुनर्वहालीको माग गर्दै निवेदन बुझाएका हुन् ।


 

 

घटनाको अनुसन्धानमा प्रारम्भदेखि नै लापरबाही खुलेको विभिन्न समितिले निष्कर्ष निकालेपछि उनीहरुलाई बर्खास्त गरिएको थियो । बर्खास्त गरिएको ३५ दिनभित्र पुनर्बहालीको लागि निवेदन दिन सकिने प्रावधान अनुरुप उनीहरुले निवेदन दिएको स्रोतले जानकारी दियो ।


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते उनीहरूलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए। गृह मन्त्रालयले कात्तिक ८ गते कञ्चनपुरका तत्कालीन एसपी विष्ट र  प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबा हटाएको थियो। 


 

 

विष्टको कमाण्डमा रहेको कञ्चनपुर प्रहरीले घटनामा मुख्य अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, निर्मलाको भजाइनल स्वावमा भेटिएको डीएनए र विष्टको डीएनए नमिलेपछि उनी छुटेका थिए । हत्या प्रकरणमा एसपी विष्टका छोरा किरण विष्ट, महेन्द्रनगरका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्ट, दिलिपसिहं विष्ट, चक्र बडुलगायत ९ जनाको डिएन परीक्षण भइसकेको छ। तर पनि घटनामा कुनै नयाँ तथ्य फेला पर्न सकेको छैन। 

 

 

यसअघि १० साउनमा घरबाट हराएकी बालिका निर्मलाको भोलिपल्ट उखुबारीमा विभत्स अवस्थामा शव भेटिएको थियो ।

विशेष