राजनीति

सामाजिक सुरक्षा योजनाको जस लिन सरकारले भड्किलो प्रचार ग¥र्यो ः कांग्रेस

सामाजिक सुरक्षा योजनाको जस लिन सरकारले भड्किलो प्रचार ग¥र्यो ः कांग्रेस

काठमाडौं ।  प्रमुख विपक्षी नेपाली कांग्रेसले सामाजिक सुरक्षा योजनाको जस वर्तमान सरकारले लिन खोजेको भन्दै आपत्ति जनाएको छ । 


 तर, सरकारले भड्किलो प्रचार शैली अपनाउनुका साथै भ्रम छर्ने काम गरेको भन्दै विरोध गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा योगदानमा आधारित समाजिक सुरक्षा ऐन संसदबाट पास भएर राष्ट्रपतिबाट प्रमाणित भएको स्मरण गर्दै कांग्रेसले सफल कार्यान्वयनका लागि शुभकामना दिएको छ ।

 

 

 नेपाली कांग्रेसले सामाजिक सुरक्षा कोष पूर्वप्रधानमन्त्री शेरबहादुरको पालामा राष्ट्रपतिबाट प्रमाणित भएको र वर्तमान सरकारले त्यसको पूरै जस लिन खोजेको भन्दै आपत्ति जनाएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेसले देउवाको नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसदमा प्रस्तुत भई संसदले पारित गरेर साउन २९ मा राष्ट्रपतिबाट प्रमाणित भएको सरकारलाई अवगत गराएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ुसरकारका तर्फबाट आफ्नै नयाँ कार्यक्रमझैं गरेर भ्रम छर्नेगरी प्रधानमन्त्री केपी ओलीको तस्वीर शहरमा सजाएर आफ्नो पार्टीगत प्रचार गर्ने शैलीमा प्रस्तुत गरिएको छ।ु 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन गर्न लागिएकोप्रति सन्तोष व्यक्त गर्दै कांग्रेसले कार्यान्वयन प्रक्रिया सुरु गर्दा अपनाइएको प्रचार शैलीको विरोध गरेको छ।

ऐनको सफल कार्यान्वयनबाट श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै कांग्रेसले कार्यान्वयन  भड्किलो शैलीले र झुठो प्रचारले नहुने भन्दै सरकारलाई सचेत बनाएको छ।

 

राष्ट्रपतिबाट प्रमाणित भएको मितिले ९१ दिनका दिन लागू हुने व्यवस्था ऐनमा उल्लेख रहेको तथ्य देखाउँदै कांग्रेसले मंसिर १ गते स्वत कार्यान्वयनको निर्धारित मिति भएको उल्लेख गरेको छ।

नयाँ युगको संज्ञा केवल सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी मात्रै भएको कांग्रेसको ठहर छ। सामाजिक सुरक्षा कोषमा तामझाम गरेको सरकारले कांग्रेसको सरकारले गरेका निर्णय हटाएकोप्रति आपत्ति जनाएको छ।


कांग्रेसको केन्द्रीय कार्यसमितिले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘यसको सफलता भड्किलो शैलीको झुटो प्रचारले होइन, परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यवहारिक यथार्थप्रति नेपाली कांग्रेस नेपाल सरकारलाई सचेत गराउन चाहन्छ ।’

पार्टीगत चुनावी प्रचारमा जस्तै गरेर प्रमको तस्वीरलाई 'चौतारीमा राजा भेटिए; शैलीमा यत्रतत्र सर्वत्र टाँस्नुले नयाँ युग होइन पुरानो युगको सम्झना भएको कांग्रेसले जनाएको छ।

एसिया प्यासिफिक समिटप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ। 

विशेष