राजनीति

सांसदको उपचारमा ६८ लाख खर्च

सांसदको उपचारमा ६८ लाख खर्च

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् । 

 

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय  ८४ रुपैयाँ उपलब्ध गराइएको हो ।

 

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा ऐन २०७३ अनुसार सांसदहरुलाई चिकित्सा बोर्डको सिफारिसअनुसार सो रकम लगेका हुन् ।

 

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदलाई उपलब्ध गराइएको औषधि उपचारबापतको रकम बिलभर्पाई अध्ययन गरेर उपलब्ध गराइएको बताए ।  यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।  

सांसद

विशेष