राजनीति

देउवाविरुद्ध परेको अवहेलना मुद्दा खारेज

देउवाविरुद्ध परेको अवहेलना मुद्दा खारेज

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।

 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले शुक्रबार कांग्रेस र सभापति देउवाविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी रिट खारेज गर्ने फैसला सुनाएको हो ।

 

अधिवक्ता हरि मैनालीले आईजीपी नियुक्तिमा तत्कालीन सत्तारूढ दल कांग्रेसको केन्द्रीय समितिले अदालतको अवहेलना हुने गरी निर्णय गरेको भन्दै पार्टी र सभापति देउवालाई विपक्षी बनाएर २०७३ चैत २० मा सर्वोचमा रिट दायर गरेका थिए । सरकारले डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेको थियो ।

 

चन्दको नियुक्ति तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले बदर गरेपछि कांग्रेसले कार्यपालिकाको क्षेत्राधिकारमा अदालतबाट हस्तक्षेप भएको निष्कर्ष निकाल्दै उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको गरेको थियो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

सभापति शेरबहादुर देउवा अवहेलना मुद्दा

विशेष