राजनीति

​​​​​​​सभामुख महराद्वारा उधौलीको शुभकामना

​​​​​​​सभामुख महराद्वारा उधौलीको शुभकामना

काठमाडौं । सभामुख कृष्णबहादुर महराले किरात समुदायको महान पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका समपूर्ण किरात समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

 

उधौली पर्वका अवसरमा आज शुभकामना दिँदै यस पर्वले आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।

 

सन्देशमा भने , “हाम्रो देश बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातीय समुदायले मिलेर बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक हो ।

 

हाम्रो संविधानले सबै भाषा, धर्म, वर्ग, जाति, समुदाय र संस्कृतिको समान अस्तित्वलाई स्वीकार गरेको छ ।

 

हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ । यहीँ विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ ।”

 

सभामुख महराले उधौली पर्वले सामाजिक, साँस्कृतिक सद्भाव, आपसी सहयोग र राष्ट्रिय एकता मजबुत बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामनासमेत व्यक्त गरे ।

सभामुख कृष्णबहादुर महरा

विशेष